INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया एक महिलालाई बलात्कार तथा उनकी ११ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाघमारे-४ का ३५ वर्षीय रेवती घर्तीलाई फागुन १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई फागुन १३ गते यौन दुर्व्यवहार गरेको देखेपछि गरेपछि प्रतिकार गर्न खोज्दा आरोपितले पीडित महिलालाई बलात्कार गरेको पीडित पक्षले उजुरी दिएको प्रहरीले जनाएको छ ।

बलात्कार भएको कुरा बाहिर भने मार्ने धम्की दिएका घर्तीविरुद्ध ढिलोगरी पीडित पक्षले फागुन १८ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएपछि उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई फागुन १९ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।

पीडित महिला र बालिका दुवैजनाको स्वास्थ्य परीक्षण फागुन १९ गते राप्ती अञ्चल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो