१५ वर्षीया बालिकालाई बलात्कार गरेको आराेपमा प्रहरीले प्रतापपुर गाउँपालिका–३, घोडाहाका ३२ वर्षीय मायाराम चौधरीलाई भदौ ३० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले भदौ २९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय, बेलटारीका इन्स्पेक्टर कृष्णप्रसाद पोखरेलले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २९ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।