INSEC Online

📅 २०८३ जेष्ठ २२

बहुविवाह घटनाका आरोपित गिरफ्तार

गराइला गाविस-९ का १९ वर्षीय रोशन बिक र सोही ठाउँकी २० वर्षीया कविता बिकलाई बहुविवाह गरेको आरोपमा प्रहरीले फागुन १९ गते साँझ घरैबाट गिरफ्तार गरेको छ ।

आरोपित रोशनकी १८ वर्षीया जेठी पत्नी कमला पुन बिकले आरोपितद्वय विरुद्ध फागुन १७ गते जिल्ला प्रकरी कार्यालय रुकुममा उजुरी दिएकी थिइन् ।

आरोपितद्वयले गत फागुन १ गते बहुविवाह गरेको पीडित महिलाको आरोप छ । जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी अंगुर जिसीले उजुरी आएपछि अनुसन्धानका लागि आरोपितद्वयलाई गिरफ्तार गरेको बताएका छन् ।

अन्य

भिडियो