२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितपक्षले मायादेवी गाउँपालिका–५ मङ्गलपुरका ३० वर्षीय विनोद मल्लाह विरूद्ध इलाका प्रहरी कार्यालय मर्चवारमा भदौ २१ गते उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले भदौ ४ गते बलात्कार प्रयास गरेको भनदै पीडितपक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अमृत भण्डारीले बताउनु भयो । डिएसपी भण्डारीका अनुसार आरोपित फरार रहेकोले खाजी कार्य भइरहेको छ ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ५ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।