३० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा मोरङ उर्लाबारी नगरपालिका–३ का ३२ वर्षीय गोपाल भण्डारी र सोही ठाउँका ३१ वर्षीय बिमल ढकाललाई जिल्ला अदालत तनहुँले सात वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश बासुदेव पौडेलको भदौ २१ गतेको इजलासले कसुर ठहर गर्दै सात सात वर्ष कैद र जनही ५० हजार रुपियाँ क्षतिपुर्तिकाे फैसला गरेकाे जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले बताउनुभयो ।
पीडितलाई आरोपितहरुले ०७६ असार ११ गते व्यास नगरपालिका–१२ को छिर्कनेमा बलात्कार गरेको भन्दै पीडितले आरोपितहरुविरुद्ध असार १२ गते जिल्ला प्रहरी कार्यालयमा तनहुँमा उजुरी दिएकी थिइन ।
पीडितको उजुरीपछि प्रहरीले आरोपितलाई असार १२ गते गिरफ्तार गरेको थियो ।
जिल्ला अदालत तनहुँको आदेशले आरोपितहरु ०७६ साउन १६ गतेदेखि पुर्पक्षको लागि थुनामा थिए ।