INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१४ वर्षीया बालिकासँग बालबिबाह गरी बलात्कार गरेको कसुर ठहर गर्दै कल्याणपुर नपा–९ का २३ वर्षीय बरुण यादवलाई   जिल्ला अदालतले भदौ २० गते तीन वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश प्रकाश खरेलको इजलासले फैसलामा कैदसँगै ३० हजार रुपियाँ जरिबाना तिर्नु पर्ने समेत उल्लेख गरिएको छ ।

पीडित बालिकालाई यादवले ०७७ वैशाख १४ गते ललाइफकाइ बालविवाह गरी बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा वैशाख २८ गते उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख २८ गते भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपितलाई वैशाख २८ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा जेठ १९ गतेदेखि यादव पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो