INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले खार्पुनाथ गाउँपालिका–२ थालीका १८ वर्षीय सुरेश रावल विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

बालिकालाई भदौ १६ गते यौन दुर्व्यवहार गरेकोले सोहि दिन आरोपित विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित बालिकाका बुवाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

उजुरीको आधारमा आरोपितलाई भदौ १७ गते गाउँबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्ब शर्माले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १८ गते जिल्ला अस्पताल हुम्लामा गरिएको डाक्टर टसि लामाले जानकारी दिनु भयो ।

अन्य

भिडियो