INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भिमाद नगरपालिका–८ का ७५ वर्षीय भुपाल शाहीलाई १९ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको भदौ १७ गतेको इजलासले कसुर ठहर गर्दै १९ वर्ष कैद र एक लाख रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले बताउनुभयो ।

पीडितलाई आरोपितले ०७७ साउन २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूध्द साउन ३ गते जिल्ला प्रहरी कार्यालयमा तनहुँमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई साउन ५ गते गिरफ्तार गरेको थियो ।

जिल्ला अदालत तनहुँकाे आदेशले आरोपित ०७७ साउन १६ गतेदेखि पुर्पक्षको लागि थुनामा थिए ।

अन्य

भिडियो