इस्मारजस्थल गाविस-१ की ४५ वर्षीया कमला अर्याललाई खुकुरी प्रहार गरी ५९ वर्षीय पति यमबहादुर अर्यालले फागुन १७ गते हत्या गरेको प्रहरीले जनाएको छ ।
बिहान साढे सात बजे आरोपितले पत्नीलाई एक्कासी खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी महेन्द्र नेपालले बताए । कमलाको टाउको तथा घाँटीमा चोट लागेको छ ।
खुकुरी प्रहार गरेपछि ढुङ्गाले समेत टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ । छुट्याउन खोज्दा छिमेककी १४ वर्षीया बालिका माया कुँवर पनि घाइते भएकी छन् ।
कुँवरको बायाँ हातमा चोट लागेकाले स्थानीय स्वास्थ्य संस्थामा उपचार गरी घर फर्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले आरोपितलाई गिरफ्तार गरी हिरासतमा राखेको जनाएको छ । मृतकको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मीमा गरिएको छ ।