INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष ६ महिना कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले पाँचखपन नगरपालिका–१ का ३६ वर्षीय तिलक भनिने आकाश राईलाई  १ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश शान्तिप्रसाद आचार्यको भदौ १६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै १६ हजार रुपियाँ जरिबाना र पीडितले पाउने गरी कसुरदारबाट ३५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार डिल्ली प्रसाईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७७ फागुन १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागनु २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले फागुन २० गते गिरफ्तार गरी जिल्ला अदालतमा चैत २ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २० गते गरिएको थियो ।

अन्य

भिडियो