INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपितद्वारा आत्महत्या

षडानन्द नगरपालिका–९ तालखर्ककी २८ वर्षीया पत्नी इन्द्रकला राईको भदौ ११ गते खुकुरी प्रहार गरी हत्या गरेका ४० वर्षीय पति वुद्धिमान राईले सोही दिन आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका क्रममा २८ वर्षीया पत्नीलाई भदौ ११ गते खुकुरी प्रहार गरेका हत्या गरेका आरोपितले सोही दिन झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

शवको पोष्टमार्टम भदौ १२ गते जिल्ला अस्पताल, सङ्खुवासभामा गरिएको छ ।

पीडित पक्षले भदौ १२ गते शव बुझि सद्गत गरेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो