नाम्खा गाउँपालिका–५ को तुम्कोटका स्थानीयवासीले खानेपानीको समस्या भएपछि एक महिनादेखि खोलाको पानी पिउन बाध्य भएका छन् ।
गत साउन २० गतेको अविरल वर्षाका कारण खानेपानीको मुहान बगाएपछि करीव २५ घरधुरीका नागरिक पिउने पानीबाट बन्चित हुनु परेको स्थानीय छेपाल लामाले गुनासो गर्नु भयो ।
गाउँको धारामा पानी नआएपछि स्थानीय एक घण्टा पैदल हिडेर नदीको धमिलो पानी खान बाध्य हुँदै आएको लामाको भनाइ छ ।

बाढीले फुइसिङ खानेपानी तथा सरसफाई योजनाको मुहान, इन्टेक र पाइप लाइन बगाएपछि तुम्कोट नदीबाट धमिलो पानी बोकेर ल्याउनु पर्दा सकस भइरहेको थुप्देन ग्याण्टो लामाले बताउनु भयो ।
खानेपानी आयोजना मर्मतका लागि गाउँपालिका र सरोकारवाला निकायलाई अनुरोध गरेपनि चासो नदिएको लामाले दुःखेसो पोख्नुभयो ।
नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले आर्थिक वर्ष ०७७/७८ का लागि आएका योजनाहरू बाँडफाड भइसकेकोले ०७८/७९ मा उक्त गाउँमा खानेपानीको लागि वजेट विनियोजित गर्न सकिने बताउनु भयो ।

