INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नारायण नगरपालिका–८ किमुका २१ वर्षीय रामबहादुर शाहीलाई भदौ ११ गते गिरफ्तार गरेको छ ।

बालिकालाई भदौ १० गते राति बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ११ गते दैलेख जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजित सुनारले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा भदौ ११ गते गरिएको दैलेख अस्पतालका मेडिकल अधिकृत डाक्टर जीना सापकोटाले बताउनुभयो ।

अन्य

भिडियो