२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय आफन्तलाई भदौ ७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले भदौ ७ गते बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ ७ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ७ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ ।