३३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–महानगरपालिका–९ का ३५ वर्षीय काशीराम वलीलाई भदौ ८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले भदौ ७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको इलाका प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ७ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।