INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै भारत उत्तर प्रदेशका १९ वर्षीय रवीकुमार कोरीलाई जिल्ला अदालतले भदौ १ गते ६ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको इजलासले ६ महिना कैद सजाय र पीडितलाई ५ हजार रूपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार राइभान कुञ्जेडाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७७ पुस २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस २१ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएका थिए ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत ०७७ माघ १६ गते जिल्ला अदालतमा जवरजीस्तकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा फागुन ६ गते जिल्ला अदालतको थुनछेक वहसपछि आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २१ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो