INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोलबजार नपा–६ का ३० वर्षीय रोशन लामालाई इलाका प्रहरी कार्यालय, गोलबजारले साउन ३१ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई साउन ३१ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा साउन ३१ गते उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन ३१ गते गरिएको छ ।

आरोपित लामालाई गिरफ्तार गरी कारवाहीको लागि साउन ३२ गते म्याद थप गराएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर श्रीप्रसाद राईले बताउनु भयो ।

अन्य

भिडियो