INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २७ गते)

साउन २७ गते २ हजार ६ सय १६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख २३ हजार २ सय ९६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन २७ गते परीक्षण गरिएकामध्ये २४ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ९ सय ७ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ७५ हजार ८३ जना निको भएका छन् । साउन २७ गते १ हजार ८ सय ८५ जना निको भएका छन् भने निको हुनेको दर ९३.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन २७ गतेसम्म १० हजार १ सय ८० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन २७ गते ३० जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ३३ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-04-27

सोलुखुम्बु प्रतिनिधि भोजराज कार्कीका अनुसार जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि भदौ १ गते सम्मका लागि कार्यालय बन्द गरिएको छ । साउन २७ गतेदेखि भदौ १ गते सम्मका लागि कार्यालय बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारीद्धारा जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

काभ्रे प्रतिनिधि हिरामान तामाङका अनुसार जिल्ला कारागार शाखा धुलिखेलमा साउन २७ गते मास्क वितारण गरिएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले सञ्चालन गरेको मास्क खोई’ अभियानलाई सहयोग गर्ने उद्धेश्यले प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालसँगको सहकार्यमा इन्सेक प्रतिनिधिले १ हजार प्रति मास्क वितरण गरेको बताउनु भएको छ । मास्क वितरण कार्यक्रममा कारागार प्रमुख गायित्रीप्रसाद अधिकारीले सरकारले सञ्चालन गरेर्को ‘मास्क खोइ’ अभियान लिएर जिल्ला कारगारलाई मास्क वितरण गर्न सहयोग गरेकोमा इन्सेक काभ्रेलाई धन्यवाद दिनु भयो । कारागारमा थुनुवा १ सय ५ र कैदीबन्दी १ सय २७ गरी २ सय ३२ जना रहेका छन् ।

मण्डनदेउपुर नपा–४ को दलित वस्तीमा १७ जनालाई कोभिड–१९ सङ्क्रमण देखापरेपछि उक्त क्षेत्र सील गरिएको छ । कोभिड रोकथाम नियन्त्रण तथा व्यवस्थापन गर्नका लागि वस्तिका २६ घरधुरिलाई साउन २६ गते राति १२ बजेदेखि सील गरिएको उपप्रमुख निर्मला शाहीले बताउनु भयो । सङ्क्रमितहरू अधिकांश लक्षण सहितको रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले जानकारी दिनुभयो । कार्यपालिको साउन २६ गतेको निर्णय अनुसार पूर्वमा नौलो डाँडा, पश्चिममा सूर्य तामाङको पसल, उत्तरमा नेपालटोल र दक्षिणमा डोलबहादुर पराजुलीको पसल क्षेत्रलाई भदौ ४ गतेसम्मका लागि सील गरिएको छ । सील अवधिभर दैनिक अत्यावश्यक सामग्री तथा सेवाको लागि वडा कार्यालय र जनप्रतिनिधिसँग समन्वय गर्न स्थानीयलाई अनुरोध गरिएको छ ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार कोभिड जोखिम बढेपछि पालुङटार नगरपालिका–५ को वडा सिल गरिएको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि साउन २७ गते बिहान १० वजेदेखि लागुहुने गरी भदौ १ गते राति १२ बजेसम्म वडा सिल गरिएको साउन २७ गते कार्यवाहक वडा अध्यक्ष सीता सेन्च्यूरी(सुनार)द्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । विद्यमान सङ्क्रमणको दर, उच्च जोखिमको अवस्था र सम्भावित सङ्क्रमणको विश्लेषण समेतका आधारमा वडा भित्र रहेको नीजि तथा सार्वजनिक यातायातका साधानहरु, होटल व्यापार, व्यवसाय, बैङ्क तथा वित्तिय संस्था एवंम सहकारीहरु बन्द गरी वडा कार्यालयको अत्यावश्यक बाहेकका काम समेत बन्द गरिएको वडा कार्यालयले जनाएको छ । अत्यावश्यक काम बाहेक घर बाहिर ननिक्लन, भिडभाड नगर्न पनि वडा कार्यालयले वडावासीले अनुरोध गरेको छ ।

लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार जिल्लामा  साउन २८ गतेदेखि भदौ १० गतेसम्म निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुँइटेलले बताउनुभयो । कोभिड सङ्क्रमण जिल्लामा फैलिन थालेपछि आवश्यक कडाई गर्नुपरेकोले निषेध आदेश थप गरिएको प्रमुख उहाँले बताउनुभयो ।

अन्य

भिडियो