INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

५३ वर्षीय पुरूषलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोरङ, विराटनगर महानगरपालिका–१२ स्थायी घर भइ धनकुटा नगरपालिका–७ मा सुवास मेडिकल हल सञ्चालन गर्दै आएका ४८ वर्षीय चिकित्सक राज शर्मालाई साउन २५ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले आरोपितविरूद्ध साउन २५ गते जिल्ला प्रहरी कार्यालयमा यौन दुर्व्यवहार शीर्षकमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपककुमार रायले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पिसाब सम्बन्धी समस्या भएर मेडिकल हलमा भर्ना भएका पीडितलाई आरोपितले साउन २४ गते मादक पदार्थ सेवन गरी बलात्कार गरेको पीडित पक्षको भनाइ छ । आरोपितविरूद्ध मुलुकी अपराध संहिताको अनुसूची १ को परिच्छेद १८ को दफा २२६ अनुसार अप्राकृतिक मैथुन शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको डिएसपी रायले बताउनु भएको छ ।

घटनाका आरोपित चिकित्सकले घटनालाई अस्वीकार गर्दै बिरामीले आफूलाई हातपात गरेको आरोप लगाउनु भएको छ ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २५ गते गरिएको छ ।

अन्य

भिडियो