INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपितविरूद्ध उजुरी

खाँडाचक्र नपा–१० का १८ वर्षीय हस्त चँदारालाई सोही ठाउँका २२ वर्षीय तपेन्द्र शाही र २० वर्षीय मधु शाहीले जातीय विभेद गरी कुटपिट गरेको भन्दै पीडित पक्षले साउन २२ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको छ ।

पीडितलाई आरोपितहरूले साउन १९ गते सार्वजनिक स्थलमा डुम, कमारा भन्दै गाली गर्नुका साथै धारिलो हतियार प्रहार गरेको पीडितका काका मुनचँदाराले आरोप लगाउनु भएको छ ।

पीडितपक्षबाट जातीय विभेद तथा धारिलो हतियार प्रयोग गरी घाइते बनाएको भन्दै ज्यान मार्ने उद्योगसम्बन्धी उजुरी आएको र आरोपितहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भूपेन्द्र शाहीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

टाउको र छातिमा चोट लागेका पीडितको उपचार जिल्ला अस्पताल कालिकोटमा हुन नसकेपछि साउन २१ गते नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पताल कालिकोटका निमित्त स्वास्थ्य व्यवस्थापक रत्नविर सुनारले जानकारी दिनुभयो ।

अन्य

भिडियो