INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

देउता चढेको बहानामा २३ वर्षीया पत्नी हरीकला नेपालीलाई तातो पानी र अगुल्टोले शरीर पोलेर घाइते बनाएको आरोपमा भैरबी गाउँपालिका–५ गौरीसल्लाका २५ वर्षीय दिपक नेपालीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले आफूलाई देउता चढेको भन्दै पत्नीको शरीरमा तातो पानी खन्याई ढाडको दाहिने भाग र अनुहारको देब्रे भागमा अगुल्टोले डामेको भन्दै पीडित पक्षले साउन २२ गते दिएको उजुरीका आधारमा सोहि दिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले बताउनुभयो ।

मदिराले उन्मत्त भई साउन २१ गते राती घरमा पुगेका पतिले अगुल्टोले हान्दै गर्दा छिमेकीहले उद्धार गरेर राति नै स्थानीय मेडिकलमा प्राथमिक उपचार गरेको पीडितले इन्सेक प्रतिनिधिलाई  बताउनु भयो ।

हाल पीडित हरीकलाको उपचार जिल्ला अस्पतालमा भइरहेको र १३ प्रतिशत शरीर जलेको डा. जगत थापाले जानकारी दिनुभयो ।

अन्य

भिडियो