१७ वर्षीया बालिकालाई साउन १८ गते राति यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले मलङ्गवा नप–२ का १८ वर्षीय रामविकेश यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा साउन १९ गते उजुरी दिनु भएको छ ।
पीडित बालिकालाई आरोपितले घरमै यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएको पीडित युवतीकी आमाले बताउनु भयो ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी माधवप्रसाद बुढाथोकीले बताउनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण साउन १९ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।