१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिला गाउँपालिका–३ दानीवाडाका २० वर्षीय लक्की बुढालाई प्रहरीले साउन १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई जेठ ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध जेठ १५ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका थिए ।
उजुरी लगत्तै सोधपुछको लागि गएको प्रहरीलाई देखेर भाग्न खोज्दा गहिरो चोट लागेपछि दुइ महिना देखि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गरिरहेका आरोपित साउन ८ गते फरार भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी युवन चौधरीले बताउनुभयो ।
आरोपितलाई जाजरकोटको बारेकोट गाउँपालिका–९ लामितराबाट गिरफ्तार गरिएको र दुइ दिनको पैदल यात्रापछि जुम्ला पुर्याएर आवश्यक अनुुसन्धान गरिने डीएसपी चौधरीको भनाइ छ ।