बेनिघाट रोराङ गाउँपालिका–२ की ४२ वर्षीया भीममायाँ बिकको साउन १८ गते पति ४५ वर्षीय तिर्थबहादुर बिकले हत्या गरेका छन् भने उनी पनि मृत फेला परेका छन् ।
पीडित भीममायाको शव घर नजिकैको खेतमा कोदालो र हँसियाले कन्चटमा हानेर हत्या गरेको अवस्थामा फेला परेको थियो ।
घरमा मादक पदार्थ सेवन गरी एक आपसमा झगडा गर्ने गरेको पाइएको र भीमकुमारीको टाउकोमा लागेको चोटपटकका कारण मृत्यु भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र खड्काले बताउनु भयो ।
पत्नीको हत्यापछि भीमबहादुरले पनि झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव भेटिएको एसपी खड्काले जानकारी दिनुभयो ।
घटनाको विस्तृत अनुसन्धान गरिने जानकारी दिँदै एसपी खड्काले दुवै जनाको शव पोष्टमार्टमा लागि प्राथमिक स्वास्थ्य चौकी गजुरी लगिएको बताउनु भयो ।