१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शहीदनगर नपा–१ बस्ने ३५ वर्षीय नरेश यादवलाई साउन १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७७ असोज ९ गते बलात्कार गरेको आरोपमा प्रदेश प्रहरी कार्यालय जनकपुर, इलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी ठाँडी झिझाबाट खटिएको प्रहरीको संयुक्त टोलीले विदेह नगरपालिकाको महिनाथपुरबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
आरोपित यादवविरुद्ध इलाका प्रहरी कार्यालय यदुकोहामा ०७७ असोज १० गते उजुरी परेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १० गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको थियो ।