आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–५ का ५४ वर्षीय किर्मे दमाईलाई साउन १७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन १३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन १६ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी श्यामु आचार्यले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षणसाउन १६ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।
यसैगरी, १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय नातेदारलाई साउन १७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन १५ गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन १६ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण साउन १६ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।