INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसा पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले साउन ११ गते तीन जना घरेलु हिंसा पीडित महिलाहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

मानव अधिकार सहायता कक्षको सिफारिसमा घरेलु हिंसाबाट पीडित वीरेन्द्रनगर नगरपालिका- १३ की ३१ वर्षीया शान्ती बिक, वीननपा-८ की ३१ वर्षीया विमा शाही र वीननपा-६ की ३१ वर्षीया टीका नेपालीलाई जनही सात हजार रूपियाँ प्रदान गरेको हो ।

20210726 skt Tika

हिंसा पीडित महिलाहरुलाई नगद हस्तान्तरण गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले हिंसामा परेका पीडितहरूलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने यात्रा तथा अन्य खर्चकालागि सहज होस भनेर सहयोग प्रदान गरिएको बताउनु भयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले यस अघि न्यायको पहुँचसम्म पुग्न नसेकाका ३४ जना हिंसा पीडितहरूलाई सहयोग प्रदान गरिसकिएको संयोजक सुवेदीले जानकारी दिनु भयो ।

20210726 skt Bima

यस्तै आर्थिक अभावका कारण विद्यालय जानबाट बञ्चित भएका घरेलु हिंसा पीडित शान्ति बिकका १४ वर्षीया छोरी पुष्पा, ८ वर्षीय छोरा सुमन, ४ वर्षीया छोरी झरना तथा विमा शाहीका १२ वर्षीया छोरी विपना र ८ वर्षीय छोरा मिलन शाहीलाई छात्रावृति उपलब्ध गराउन आवाज संस्थालाई सिफारिस गरिएको इन्सेक कर्णाली प्रदेशका प्रलेख अधिकृत टीका विष्टले बताउनु भयो ।

20210726 skt Thanta

अन्य

भिडियो