INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला दशरथचन्द नगरपालिका—९ निवासी धनगढी उपमहानगरपालिका—४ बस्दै आएका २३ वर्षीय जनकराज जोशीलाई साउन १० गते गिरफ्तार गरेको छ ।

बालिकालाई साउन ७ गते कोठामा बोलाएर बलात्कार गरिएकोले आरोपितविरुद्ध साउन १० गते जिल्ला प्रहरी कार्यलय, कैलालीमा उजुरी दिएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु  भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई धनगढी उपमहानगरपालिका—४ बाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर प्रेम खड्काले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पताल, धनगढीमा साउन १० गते गरिएको इन्स्पेक्टर  खड्काले बताउनु भयो ।

अन्य

भिडियो