सात, आठ र १० वर्षीया बालिकालाई साउन ७ गते यौन दुर्व्यवहार गरेको ओरोपमा इलाका प्रहरी कार्यालय ढल्केवरले मिथिला नपा–१० माझी टोल बस्ने ७७ वर्षीय थानाप्रसाद भट्टराईलाई सोही दिन गिरफ्तार गरेको छ ।
पीडित बालिकाहरू आरोपित भट्टराईको आँगनमा रहेको अम्बा टिप्न गएका बेला ‘मैले भनेको मान्छौँ भने तिमीहरूलाई धेरै अम्बा दिन्छु’ भन्दै नजिकै रहेको गोठमा लगेर यौन दुर्व्यवहार गरेको पीडित बालिकाहरूको आरोप छ ।
यौन दुर्व्यवहार गरेपछि पीडित बालिकाहरू रुँदै घर गई अभिभावकलाई बताएपछि घटना सार्वजनिक भएको हो ।
पीडित पक्षले साउन ७ गते इलाका प्रहरी कार्यालय ढल्केवरमा आरोपितविरूद्ध उजुरी आएको इलाका प्रहरी कार्याय ढल्केवरका इन्स्पेक्टर प्रदिप सुवेदीले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।
पीडित तीनै जना बालिकाको स्वास्थ्य परीक्षण साउन ७ गते नै प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।