१५ वर्षीया बालिका बलात्कार घटनाका कसुरदार राप्तीसोनारी गाउँपालिका –९ ढकेरी का २८ वर्षीय जितबहादुर थारुलाई प्रहरीले असार २८ गते गिरफ्तार गरेको छ ।
आरोपितलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले राप्तिसोनारी गाउँपालिका–९ स्थित आफन्तको घरबाट गिरफ्तार गरेर असार २८ गते जिल्ला अदालत बाँकेमा बुझाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इश्वर गिरीले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७७ पुस १५ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटना पछि फरार रहेका आराेपित उपर जिल्ला प्रहरी कार्यालयले बलात्कार कसुरमा मुद्दा चलाएको थियो ।
जिल्ला अदालतले ०७७ चैत २२ गते बलात्कार कसुर ठहर गर्दै आरोपितलाई ९ वर्ष ८ महिना २२ दिन कैद सजायको फैसला गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७७ पुस १५ गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको थियो ।