३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मादी नगरपालिका–५ का ३१ वर्षीय ज्ञानबहादुर मोक्तानलाई असार २८ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७७ मङ्सिर १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई आठ महिनापछि मादी नगरपालिकाको राम्वेनीबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर २२ गते गरिएको थियो ।