INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

रास्कोट नगरपालिका–७ की ४५ वर्षीया कान्छु रोकायलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीय पति टक्क रोकायलाई असार २८ गते गिरफ्तार गरेको छ ।
कान्छुलाई आरोपितले असार २७ गते हत्या गरेको भनी प्रहरीमा उजुरी परेपछि आवश्यक अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

अन्य

भिडियो