सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ स्थायी घर भई उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यालय सहयोगीका रूपमा कार्यरत ४५ वर्षीय विमलाकुमारी पराजुलीको शव असार २८ गते अदालत परिसरमै फेला परेको प्रहरीले जनाएको छ ।
उच्च अदालत विराटनगर, इलाम इजलास परिसरको फूलबारीमा विमलाकुमारीको कार्यालय पोशाकमै अर्धनग्न अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । पीडितको शवको प्रकृति हेर्दा यौनजन्य क्रियाकलापपछि हत्या जस्तो देखिए पनि अनुसन्धान र पोष्टमार्टम रिपोर्टपछि मात्र वास्तविकता पत्ता लाग्ने डिएसपी श्रेष्ठले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पताल वा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिने तयारी प्रहरीले गरेको छ । असार २९ गते घटना सार्वजनिक गरिने र पीडित पक्षलाई शव बुझाउने तयारी भएको डिएसपी श्रेष्ठको भनाइ छ ।