१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गोडैता नपा–७ सिसौटका २६ वर्षीय महेन्द्र यादवलाई असार २५ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितद्वयले असार २१ गते बलात्कार प्रयास गरेको पीडित पक्षले आरोप लगाएको छ ।
गोडैता नपा–७ सिसौटका २६ वर्षीय महेन्द्र यादव र भारत विहार राज्य सितामढी जिल्ला थाना मेजरगंज ग्राम पञ्चायत सिहोरबाका २५ वर्षीय राजेन्द्र राय यादवविरूद्ध असार २४ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडित पक्षले दिएको उजुरी दर्ता गरी आरोपित महेन्द्र यादवलाई असार २५ गते बिहान गोडैता नगरपालिकास्थित बाजारभन्दा उत्तरतर्फ रहेको नहर नजिकबाट गिरफ्तार गरेको र अर्का आरोपित राजेन्द्र राय यादव फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका इन्स्पेक्टर डाचाशङ्कर यादवले बताउनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण असार २४ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।