INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारको गलत आरोप लगाएको कसुरमा एक दिन कैद र ५ सय रुपियाँ जरिबानाको फैसला

त्रिवेणी गाउँपालिका–४ का ३० वर्षीय ताराप्रसाद वलीले बलात्कार गरेको आरोप लगाउने २७ वर्षीया महिलालाइ जिल्ला अदालत सल्यानले असार २२ गते १ दिन कैद र ५ सय रुपैयाँ जरिबाना सजायको फैसला सुनाएको छ ।

न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले झुठा आरोप लगाएको भन्दै पीडित भनिएकी महिलालाई सजाय स्वरूप फैसला सुनाएको श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनुभयो ।

महिलाले पुरानो रिसिइबीका कारणले गलत आरोप लगाएको बयानबाट खुल्न आएपछि अदालतले ती महिलालाइ नै सजायको फैसला सुनाएको श्रेस्तेदार ज्ञवालीले जानकारी दिनुभयो ।

०७७ असोज १ गते महिलाको घरमै आएर बलात्कार गरेको भनी दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई असोज ९ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोविन्द थापाले जानकारी दिनुभयो ।

अन्य

भिडियो