INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुर जिल्ला, कृष्णनगर नगरपालिका–८, घर भई गोदावरी नगरपालिका–११, चापागाउँ बस्ने ३३ वर्षीय राममिलन चौधरीलाई प्रहरीले ०७८ असार २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ललाईफकाई असार १३ गते आरोपितले आफ्नै निवासमा लगि यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।

घटनापछि फरार रहेका आरोपितलाई असार २३ गते गिरफ्तार गरी सोही दिन ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १३ गते नै पाटन अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो