जन्मेको तीन महिनापछि छारे रोगबाट पीडित शारिरीक रूपमा अशक्त सिमकोट गाउँपालिका-७ स्थित चौगानफयाका आठ वर्षीय लोकेश शाहीको उपचारमा आर्थिक रकम र अपाङ्गता परिचयपत्र उपलव्ध भएको छ ।
इन्सेकको नियमित पहलपछि पीडित बालकलाई सिमकोट गाउँपालिकाले असार १० गते ५ हजार रूपियाँ र असार २० गते पुर्ण अपाङ्गगता परिचय पत्र उपलव्ध गराएको छ ।
सरकारले दिने कुनै पनि सेवा नपाएका पीडितका बुवा भक्तबहादुरले इन्सेकको पहलमा आर्थिक सहयोग तथा अपाङ्गगता परिचयपत्र पाएकोमा खुशी व्यक्त गर्दै इन्सेकलाई धन्यवाद दिनुभयो ।
आर्थिक अभाव भएपछि बालकका बुवा भक्तबहादुर शाहीले ०७८ जेठ २२ गते इन्सेक प्रतिनिधिलाई अपाङ्गता परिचय पत्र बनाइदिन र आर्थिक रकम उपलव्ध गराइदिन निवेदन दिनुभएको थियो ।
पीडित बालकलाई आवश्यक सहयोगको लागि इन्सेक प्रतिनिधिद्वारा जेठ २३ गते सिमकोट गाउँपालिकालाई आर्थिक सहयोग र अपाङ्गगता परिचयपत्रका लागि पत्रमार्फत अनुरोध गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष बली रावतले इन्सेकका कारण बिरामीको बारेमा जानकारी भएको र गाउँपालिकाले सक्दो सहयोग गरेको बताउनुभयो ।

