INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले पाँचखपन नगरपालिका–२ का ७१ वर्षीय भक्तबहादुर तामाङविरूद्ध असार २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कविन राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितको खोजी भईरहेको इन्स्पेक्टर राईले बताउनु भयो । घटनास्थल ताप्लेजुङको सीमा क्षेत्रमा भएकाले पीडित पक्षले ढिलो गरी प्रहरीमा उजुरी दिएको इन्स्पेक्टर राईको भनाइ छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २१ गते गरिएको छ ।

अन्य

भिडियो