१५ वर्षीया छोरीलाई असार १० गते यौन दुर्व्यवहार गरेको घटनाका आरोपित ३१ वर्षीय बाबुलाई प्रहरीले असार १७ गते चाँगुनारायणबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई यस अघि पनि घरमा कोही नहुँदा र एकान्त पाउने बित्तिकै पटक/पटक सेंदनशील अङ्गमा छुने, समाउने गरेको भन्दै पीडित बालिकाले अभिभावकमार्फत् प्रहरी वृत्त जगातीमा असार १७ गते उजुरी दिएपछि गिरफ्तार गरेको प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिनुभयो ।
आरोपितलाई असार १८ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको डिएसपी गिरीले बताउनु भयो ।