INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हुम्ला जिल्ला सर्केगाड गाउँपालिका—५ का १८ वर्षीय बविन शाहीलाई असार १६ गते गिरफ्तार गरेको छ ।

असार ६ गते बालिकालाई ललाईफकाई गरेर आरोपित शाहीले कैलाली जिल्ला धनगढी उपमहानगरपालका–१२ स्थित आफ्नो ठुलो बुवाको घरमा राखेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडितका काकाले इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई धनगढी उपमहानगरपालिका—१२ जुगेडाबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १६ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरी माइती नेपालको सेफ हाउसमा राखिएको डिएसपी विष्टले बताउनु भयो ।

अन्य

भिडियो