INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारकर्मीहरूद्वारा कुमाल समुदायको बस्तीमा अनुगमन

इन्सेक कपिलवस्तु, इन्सेकद्वारा गठित मानव अधिकार समूह र मानव अधिकार रक्षक सञ्जालमा आवद्ध अधिकारकर्मीहरूले बुद्धभूमि नगरपालिका –४ स्थित कुमाल समूदाय रहेको  पश्चिम बस्तीको असार १० गते अनुगमन गरेका छन् ।

कुमाल समूदायको उक्त बस्तीमा बुद्धभुमि नगरपालिकाले फुसका घर हटाएर जस्तापाताले  छाउने निर्णय गरेको थियो । स्थानीयहरूका अनुसार ४० घर  रहेका छन् भने नगरपालिकाले २६ घर मात्र रहेको जनाएको छ ।

photo20210602603kapilvastu

अनुमगनका क्रममा खरले छाएका साना घरमा पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा घाम भित्रै पस्ने अवस्थामा २६ घर रहेका पाइएको मानव अधिकार रक्षक सञ्जालका संयोजक कृष्ण खनालले बताउनु भयो ।

स्थानीय फुलमती कुमालले नगरपालिकाबाट घरको स्टीमेट गरेर लगे पनि समयमा जस्तापाता उपलब्ध नहुँदा फुसकै छना मुनि बस्नु परेको बताउनु भयो ।  वर्षातको समयमा घर भत्काउदा बस्नका लागि वैकल्पिक व्यवस्था नभएकोले समस्या भएको उहाँले बताउनु भयो ।

photo20210602605kapilvastu

नगरपालिकाले जस्तापाता बाहेक घर बनाउन अन्य सामाग्रीहरू नदिने र आर्थिक अवस्था कमजोर भएका  कारण आफुहरूले  जुटाउन नसकेको स्थानीय मङ्गली कुमाल बताउनु भयो ।

बुद्धभूमि नगरपालिका –४ का वडा अध्यक्ष पवनकुमार चौधरीले वडाको अन्य गाउँलाई भन्दा कुमाल गाउँको बस्तीलाई प्राथमिकतामा राखेको बताउनु भयो । फुसको घर भएपनि सबैको घरमा पक्की शौचालय निर्माण भएको उहाँले बताउनु भयो । जस्तापाता लिन बोलाउदासमेत स्थानीयले अहिले नबनाउने भन्दै नलगेको अध्यक्ष चौधरीको भनाइ छ ।वडा कार्यालयले उक्त बस्तीका १० घरलाई २५ देखि ३५ हजार रुपियाँसम्म आय आर्जनका लागि सहयोग गरेको छ ।

photo20210602604kapilvastu

नेपालको संविधानले धारा ३७ मा प्रत्येक नागरिकलाई आवासको उपयुक्त हकको व्यवस्था गरेको भए पनि उक्त बस्तीका कुमाल समूदाय वर्षौदेखि खरको छाना मुनि घाम पानी नभनेर बस्न बाध्य भएका छन् ।

आवासको अधिकार सम्बन्धी ऐन २०७५को परिच्छेद २ को दफा ३ मा आवासको अधिकारको सम्मान, सम्बद्र्धन, सङरक्षण, परिपूर्ति र  कार्यान्वयन गर्ने जिम्मेवारी नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हुने भनिएको छ ।

photo20210602602kapilvastu

photo20210602601kapilvastu

अन्य

भिडियो