१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ताप्लेजुङ जिल्ला, फुङलिङ नगरपालिका–१, घर भई ललितपुर महानगरपालिका–९, बालकुमारी बस्ने १९ वर्षीय सुमन गुरुङलाई प्रहरीले ०७८ असार ८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७८ असार ६ गते पीडितकै निवासमा ललाइफकाई बलात्कार गरेको भन्दै पीडित पक्षले असार ६ गते महानगरीय प्रहरी परिसर, जावलाखेलमा उजुरी दिएको थियो ।
आरोपितलाई असार ८ गते नै ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असार ८ गते पाटन अस्पताल भयो ।