INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिकाका-३ खड्कवाडाका ३६ वर्षीय भद्र बुढालाई प्रहरीले असार ८ गते घरबाटै गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असार ६ गते बलात्कार गरेको भन्दै असार ७ गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले गरेको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर इन्द्रजीत सुनारले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार ८ गते दैलेख जिल्ला अस्पतालमा गरिएको डाक्टर सविना दाहालले जानकारी दिनुभयो ।

अन्य

भिडियो