INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१० वर्षीया बालिका बलात्कार घटनाका आरोपित १५ वर्षीय बालकविरूद्ध पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

आरोपितले बालिकालाई प्रलोभनमा पारेर आफ्नो घरमा बोलाइ जेठ २६ गते बलात्कार गरेको पीडित बालिकाकी आमाले इन्सेक प्रतिनिधिसँग बताउनुभयो ।

फरार आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्ब शर्माले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २९ गते जिल्ला अस्पताल हुम्लामा गरिएको डाक्टर अमित विष्टले जानकारी दिनुभयो ।

अन्य

भिडियो