बोलाइ सम्बन्धी अपाङ्गता भएकी ६७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–६ लेगुवाका ६१ वर्षीय लोकबहादुर कार्कीलाई जेठ २६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको छ ।
पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई जेठ २६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितले सांकेतिक भाषामा घटनाका विषयमा जानकारी गराएपछि आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडितका भाईले बताउनु भयो ।
आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा जेठ २७ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको एसपी अधिकारीले बताउनु भएको छ ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २७ गते गरिएको छ ।