मनोसामाजिक समस्या भएकी ३५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उर्लावारी नगरपालिका–१ का ४० वर्षीय मित्रकुमार दनुवारलाई जेठ २६ गते गिरतार गरेको छ ।
पीडित महिलालाई आरोपिले जेठ ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय उर्लावारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई जेठ २६ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय उर्लावारीका इन्स्पेक्ट राजाराम खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा जेठ ७ गते गरिएको छ ।