INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबुलाई जेठ २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २० गते इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २० गते गरिएको छ ।

अन्य

भिडियो