INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका पीडितद्वारा उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार भएको भन्दै गुराँस गाउँपालिका–२ तल्लोडुंगेश्वरका २१ वर्षीय नगेन्द्र कार्कीबिरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दैलेखमा जेठ २५ गते उजुरी दर्ता गराएको छ ।

आरोपितले बालिकालाई जेठ २४ गते बलात्कार गरेको भन्दै उजुरी दर्ता गराएको र आरोपित फरार भएकोले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २५ गते जिल्ला अस्पतालमा भएको अस्पतालका डा. सविना दाहालले जानकारी दिनुभयो ।

अन्य

भिडियो