INSEC Online

📅 २०८३ जेष्ठ २१

बाँदरमुढे घटनाका १६ वर्षः न्यायको आशा ज्युँका त्युँ

नेकपा माओवादीका कार्यकर्ताले यात्रुवाहक बसमा विद्युतीय धराप विष्फोट गराएको घटनाका पीडितहरूको न्यायको सवालमा शुन्य प्रगति भएको र पीडितको न्यायप्रतिको आशा ज्युँका त्युँ रहेको इन्सेकले जनाएको छ ।

‘उक्त घटना भएको आज १६ वर्ष पूरा भएको छ । तत्कालीन कल्याणपुर गाविस–१ र ४ को सीमानामा पर्ने बाँदरमुडे खोलामा ना १ ख ३२४५ नं. को बसमा २०६२ जेठ २३ गते नेकपा माओवादीका कार्यकर्ताले विद्युतीय धराप विष्फोट गराउँदा ३५ जना सर्वसाधारण र तीन जना निशस्त्र सुरक्षाकर्मीसहित ३८ जनाको मृत्यु भएको थियो । घटनामा ७२ जना गम्भीर घाइते भएका थिए । सो घटनामा घाइते भएका मध्ये चार जनाको केही पछि मृत्यु भएको थियो । सो घटनामा मृत्यु हुनेको सङ्ख्या ४२ रहेको छ ।’-इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा जेठ २३ गते जारी विज्ञप्तिमा भनिएको छ ।

विस्तृत शान्ति सम्झौता, त्यस विभिन्न खालका राजनीतिक परिवर्तन भए । अनेक राजनीतिक सहमतिमा बाँदर मुढे घटनालगायत सशस्त्र द्वन्द्वसँग सम्बन्धित गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा न्याय तथा परिपूरणका बारेमा उल्लेख गरिएको इन्सेकले स्मरण गराएको छ ।

‘न्याय पाउने पीडितको अधिकारको नजरअन्दाज गरिरहने प्रवृत्तिले नेपाल सरकार तथा राजनीतिक दलहरूको उदासिनतालाई उजागर गरेको छ । विद्यमान सङ्क्रमणकालीन न्यायिक संयन्त्रहरूले पनि यस्ता घटनाको अनुसन्धानतर्फ खासै तदारुकता देखाएको जानकारीमा आएको छैन ।’-विज्ञप्तिमा उल्लेख छ ।

बाँदरमुढे घटनालगत्तै २०६२ जेठ २३ गते नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिमा घटनामा गल्ती भएको स्वीकार गर्दै घटनाको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्ने उल्लेख थियो भने त्यसयताका विभिन्न समयमा पनि अध्यक्ष दाहालले न्यायप्रतिको प्रतिबद्धता दोहोर्‍याइरहेका छन् ।

तर यो सवालमा राजनीतिक नेतृत्वको अडान क्रमशः क्षयीकरण हुँदै गएको हामीले महसुस गरेका छौँ । आफ्ना प्रतिबद्धता, सहमति तथा सङ्क्रमणकालीन न्यायको सवाललाई ध्यान दिन तथा यससम्बन्धमा प्रभावकारी प्रयासहरुको थालनी गर्न इन्सेकले नेपाल सरकारसँग माग गरेको छ ।

फाइल फोटो

A total of 38 persons including 35 civilians and 3 security persons died in the incident where Maoists trapped a public bus in landmine at Badarmudhe stream of Kalyanpur VDC, which lies at Madi area of Chitwan district in mid region of Nepal. 16 women, 15 men and 7 children were among those killed.

A total of 38 persons including 35 civilians and 3 security persons died in the incident where Maoists trapped a public bus in landmine at Badarmudhe stream of Kalyanpur VDC, which lies at Madi area of Chitwan district in mid region of Nepal. 16 women, 15 men and 7 children were among those killed.

इन्सेकलगायतका संस्थाले  चितवनको माडी क्षेत्र अन्तर्गत बाँदरमुडे खोलामा माओवादीद्वारा यात्रुबाहक बसमा विद्युतीय धराप विस्फोट गराउँदा भएको घटनाको स्थलगत अध्ययन गरी प्रतिवेदनसमेत जारी गरेका थिए ।

प्रतिवेदन पढ्नका लागि यहाँ क्लिक गर्नुहोला 

अन्य

भिडियो