INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुल्लू नगरपालिका-१३ मालिकाका २१ वर्षीय दिनेशबहादुर बिकलाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ ।

आरोपितले ०७७ असार १५ गते घरमै बलात्कार गरेको भन्दै पीडित पक्षले ०७७ फागुन २३ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीका आधारमा फरार रहेका आरोपित बिकलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २३ गते दैलेख अस्पतालमा गरिएको डाक्टर जीवन ज्ञवालीले जानकारी दिनुभयो ।

अन्य

भिडियो